तमु ल्होसारमा यसरी रमाए गुरुङ समुदाय (तस्बिरहरू)
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
काठमाडाैं, पुस १५ : गुरुङ समुदायले नयाँ वर्षका रुपमा तमु ल्होसार भव्य रुपमा मनाएका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ। तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको थियो। साे कार्यक्रममा प्रधानमन्त्री पुषपकमल दाहालकाे पनि उपस्थिति थियाे।उपत्यकाबाहिर पनि गुरूङ बाहुल्य क्षेत्रमा याे पर्व धुमधामका साथ मनाइएकाे छ। गुरूङसम्बद्ध विभिन्न समुदायले विभिन्न कार्क्रम गरे।
-1704017673.jpg?timestamp=1704017677225)
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ।

-1704017672.jpg?timestamp=1704017677225)
-1704017672.jpg?timestamp=1704017677225)


-(1)-1704017670.jpeg?timestamp=1704017677225)












-(1)-1704016631.jpeg?timestamp=1704017861749)












