Kathmandu Press

ल्होसार विश्वकै वैज्ञानिक पर्व : प्रधानमन्त्री

ल्होसार विश्वकै वैज्ञानिक पर्व : प्रधानमन्त्री

काठमाडौं, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले तमु (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको भनेर चर्चा गरेका छन्।

तमु ल्होसार २०८० को अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको उल्लेख गरे। 

Hardik ivf

यस्तै, उनले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पनि बताए।

उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताए। 

एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचान भएको भन्दै यस विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ। 

उनले यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गर्दै देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। 
 

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्