Kathmandu Press

कुनै अवसर नपाएका लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभामा कांग्रेसको प्राथमिकता 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेस वैठकले भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको छ।
कुनै अवसर नपाएका लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभामा कांग्रेसको प्राथमिकता 

काठमाडौं, पुस १५ : नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य एवम् लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने प्राथमिकता तय गरेकोे छ। 

पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उक्त जानकारी दिएका हुन्। विश्वकर्माका अनुसार कांग्रेस वैठकले भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको छ। राष्ट्रिय सभाको रिक्त हुने २० सिटमध्ये १९ सिटमा लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

Hardik ivf

निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतीको आधारमा साझा उम्मेदवार बनाइने छ। उम्मेदवार प्रस्तुत गर्दा विधान धारा ३२ को उपधारा ९ बमोजिम प्रदेश कार्य समितिको सिफारिस भई आएको नामहरु मध्ये भौगोलिक, जातीय, क्षेत्रीयलाई समेत ध्यानमा राखेर निर्णय लिइने बताइएको छ।

‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रद्धिवद्ध स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइने निर्णय भएको छ,’ आइतबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा विश्वकर्माले भने। 
कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ। 
 

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्