बालकुमारी घटनाले सुर्खेत तनावग्रस्त, टायर बालेर मुख्य सडकमा जक्काजाम

सुर्खेत, पुस १५ : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा आन्दोलन चर्किएको छ।
बालकुमारी घटनामा प्रहरीको गोलीबाट दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थिया। सोही घटनालाई लिएर ‘युवा विद्रोही’ समूहका नामबाट आन्दोलन चर्काइएको हो।
अहिले सुर्खेतमा सवारी साधन ठप्प पारिएको छ। मुख्य सडकमा चक्काजाम गरिएको छ। आन्दोलनकारीहरूले ठाउँठाउँमा टायर बालेका छन्। अहिले सुर्खेत तनावग्रस्त छ। उक्त समूहले शनिबार पनि आन्दोलन गरिएको थियो।
आइतबार दिउँसो १२ बजेदेखि आन्दोलन सुरु गरेका आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका छन्।
उनीहरुले मृतक युवाहरूलाई सहिद घोषणाको माग पनि गरेका छन्। पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने माग पनि छ। आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ।












