बालकुमारी घटनाबारे सत्तारुढ गठबन्धनका दलसँग छलफल गर्दै प्रधानमन्त्री
-1702215072.jpg)
काठमाडौं, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन्।
त्यसका लागि आइतबार अपराह्नका लािग गठबन्धनका दलहरुका नेतालाई बालुवाटारमा डाकिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा सहभागी भएका र अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने भन्दै शुक्रबार बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका थिए।
त्यसपछि भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा वीरेन्द्र साह र सुजन रावतको मृत्यु भएको थियो।
प्रकाशित मिति: १४:२० बजे, आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












