सेनाका दुई सहायक रथी उपरथीमा बढुवा
सेनाका सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा भएका हुन्।
काठमाडौं, पुस १५ : नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवाको निर्णय भएको छ।
सेनाका सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा भएका हुन्। बढुवा समितिको सिफारिस अनुसार उक्त निर्ण भएको जनाइएको छ। दुईजना उपरथीको रथीमा पदोन्नति भएपछि दुई पद रिक्त थियो।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्ले वैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा भएका थिए।
यस्तै अर्को रिक्त एक दरबन्दीमा बढुवा गर्नका लागि सहायक रथी सुनील श्रेष्ठलाई सिफारिससहित ७ दिने सूचना समेत जारी भएको छ।
प्रकाशित मिति: १४:०८ बजे, आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












