Kathmandu Press

बालकुमारी घटनामा कांग्रेसद्वारा उच्चस्तरीय न्यायिक आयोग माग

केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय गरिएको हो। गत शुक्रबार ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिएको विरोधमा आन्दोलनमा उत्रेका दुई युवाको प्रहरीको गोलीबाट ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो।
बालकुमारी घटनामा कांग्रेसद्वारा उच्चस्तरीय न्यायिक आयोग माग
Hardik ivf

काठमाडौं, पुस १५ : ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न नेपाली कांग्रेसले उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। 

केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय गरिएको हो। गत शुक्रबार ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिएको विरोधमा आन्दोलनमा उत्रेका दुई युवाको प्रहरीको गोलीबाट ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो।

यता, घटनाको छानबिन गर्न गृह मन्त्रालयले पनि समिति गठन गरिसकेको छ। कांग्रेस प्रचार विभागले जनाए अनुसार कांग्रेसले न्यायिक आयोग गठनको मागसहित मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ।
 
प्रकाशित मिति: १४:०१ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्