Kathmandu Press

स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु भएका छन् : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु भएका छन् : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक, पुस १४ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु गरेको बताएका छन्।

शनिबार सिन्धुपाल्चोकको मेलम्चीस्थीत इन्द्रेश्वरी मा. वि.मा आयोजित निःशुल्क विशेषज्ञ आयर्वेद स्वास्थ्य शिविर एवं औँषधि वितरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संविधानमा उल्लेख जनताको स्वास्थ्यको अधिकारलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा सुधारका धेरै राम्रा काम सुरु गरेको बताएका हुन्।

Hardik ivf

उपचार नपाएर सर्वसाधारणले मृत्युबरण गर्नुपर्ने अवस्थालाई आफुले अन्त्य गर्न लागिपरेको उनले बताए। उनले चिकित्सा क्षेत्रको पढाईका लागि आवश्यक कानून तयार गर्ने र स्वास्थ्य दरवन्दी बढाउने काम छिटै हुने  जिकिर गरे। पढ्न नपाएकै कारण विदेश जानुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि पनि स्वदेशमा पढ्न पाउने अवस्था सिर्जना गर्नुपर्ने उहाले बताए।

त्यस्तै मन्त्री बस्नेतले देशभरका स्वास्थ्य संस्थालाई पूर्वाधार युक्त बनाइने धारणा राखे। 

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्