Kathmandu Press

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाकाे प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाकाे प्रदर्शन

काठमाडौं, पुस १४ : बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ।

शनिबार ललितपुरको बालकुमारी स्थीत इपिएस कार्यलय अगाडी प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुदा हुँदैपनि युवाहरुले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताइन्। उनले दुई युवाहरुको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरिन्। उक्त घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरे।

Hardik ivf

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त? अझै कति?’, नालायक सरकार राजीनामा दे, मृतकलाई सहीद घोषणा गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

rasopa-pardasan---frame-at-1m57s-1703930790.jpg

rasopa-pardasan---frame-at-0m4s-1703930789.jpg

प्रकाशित मिति: १५:५२ बजे, शनिबार, पुस १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्