कांग्रेसले चाहे प्रचण्डलाई सरकारबाट तुरून्त हटाउने हैसियत राख्छ : गगन थापा
शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर–२ को क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले ठूलो पार्टी कांग्रस रहेपनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताएका हुन्।-1702213108.jpg)
काठमाडौं, पुस १४ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकार चलाउने कुरामा कांग्रेसले योग्यता राख्न नसकेको तर्क गरेका छन्।
शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर–२ को क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले ठुलो पार्टी कांग्रस रहे पनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताएका हुन्।
उनले प्रचण्डलाई सरकारमा पुर्याएको कांग्रेसले चाहे सरकारबाट हटाउन सक्ने हैसियत पार्टीमा रहेको उल्लेख गरे। कांग्रेस संसदको ठूलो पार्टी भएपनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए।
थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरुले ज्यान गुमाउन परेको धारणा राखे। उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्ने बताए।
त्यस्तै थापाले पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिए। उनले मुलुकको परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको र अव कांग्रेस नरहे मुलुक कुनै न कुनै रुपमा द्वन्द्वमा फस्ने बताए।












