Kathmandu Press

बालकुमारी घटना : ललितपुरका प्रजिअ, प्रहरी प्रमुख, इपिएस शाखा निर्देशक निलम्बित

सिप बिल्डिङको परीक्षामा अनुत्तीर्ण भएकाहरुले रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षा दिन पाउनुपर्ने भन्दै गरेको प्रदर्शनका क्रममा झडप हुँदा दुई युवक मारिएका थिए।
बालकुमारी घटना : ललितपुरका प्रजिअ, प्रहरी प्रमुख, इपिएस शाखा निर्देशक निलम्बित

काठमाडौं, पुस १४ : बालकुमारी घटनामा राज्य पक्षबाट कमजोरी भएको स्वीकार गर्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, इपिएस कोरिया शाखा निर्देशकलगायत ५ जनालाई जिम्मेवारीबाट हटाएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको परामर्श लिएर ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाह र इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको बताइएको छ। त्यसैगरी ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डिएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पिएसओ) बोधराज दनुवारलाई पनि निलम्बन गरिएको बताइएको छ।

Hardik ivf

शनिबार छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको घटनामा काहीँ न काहीँ कमजोरी भएको स्विकार्दै अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए। उनले मन्त्रीको पिएसओले परिस्थितिको राम्रो आकलन नगरीकन गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि गरेको भन्दै उनलाई पनि निलम्बन गर्ने बताएका थिए।  

सिप बिल्डिङको परीक्षामा अनुत्तीर्ण भएकाहरुले रोजगारी अनुमति प्रणाली (इपिएस) को उत्पादनमूलक क्षेत्रमा जान लिइने परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै गरेको प्रदर्शनका क्रममा झडप हुँदा दुई युवक मारिएका थिए। साेही क्रममा मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो। कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो। 
 

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्