Kathmandu Press

बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित

काठमाडौं, पुस १४ : प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

Hardik ivf

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु/कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो।

ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन्।  भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन। शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए।

विशेषगरी हिउँदमा तराईका विमानस्थलमा  बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ।

प्रकाशित मिति: १४:५७ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्