पूर्व राजा वीरेन्द्रको ७९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइयाे
२००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ साल माघमा राजगद्दी सम्हालेका थिए।---frame-at-0m3s-1703926481.jpg)
काठमाडाैं, पुस १४ : तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।
२००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ साल माघमा राजगद्दी सम्हालेकाथिए।
जन्मजयन्ती अवसरमा राजसंस्था समर्थकहरुले जावलाखेलस्थीत वीरेन्द्र शाहको शालिकमा माल्र्यापण गरेका थिए। राजा वीरेन्द्रको निधन २०५८ जेठ १९ गते भएको थियो।
पारिवारिक जमघटमा भएको गोलीकाण्डमा उनीसहित रानी ऐश्वर्य, छोराहरू युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुतिसहित आफन्तहरू मारिएका थिए।
प्रकाशित मिति: १४:४३ बजे, शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












