Kathmandu Press

प्रधानमन्त्री दाहालले लिए बालकुमारी घटनाबारे जानकारी, निष्पक्ष छानविन गर्न निर्देशन

आज बिहान उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर उनले शुक्रबार भएको घटनाबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री दाहालले लिए बालकुमारी घटनाबारे जानकारी, निष्पक्ष छानविन गर्न निर्देशन

काठमाडौं, पुस १४ : कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागि गराउन शुक्रबार गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घट्नाबारे प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी लिएका छन्।

आज बिहान उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर उनले शुक्रबार भएको घटनाबारे जानकारी लिएका हुन्।

Hardik ivf

प्रधानमन्त्रीको ब्रिफिङ कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख बसन्त कुँवर, सशस्त्रका प्रमुख राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थित थिए।

गृहमन्त्री श्रेष्ठले बालकुमारीमा भएको घटनाबारे छनविन गर्न छानविन समिति गठन गरिएको जानकारी दिएका थिए।

उक्त घटनामा  घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो भने दजनौं घाइते भएका छन्।

प्रकाशित मिति: ११:४७ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्