संघीयता कार्यान्वयन गराउन मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, पुस १४ : संघीयता कार्यान्वयन गराउन मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्रीलाई भेटेर उनीहरुले ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
शुक्रबारको हेटौंडामा बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो। त्यहीअनुसार उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।
प्रकाशित मिति: ११:०४ बजे, शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












