Kathmandu Press

बालकुमारी घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
बालकुमारी घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं, पुस १३ : नेकपा ९एमाले०ले ललितपुरको बालकुमारी घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जली व्यक्त गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कोरिया भाषा परीक्षा इपिएसको विषयलाई लिएर बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको र केही घाइते भएका थिए।

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, पुस १३, २०८०