Kathmandu Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प अब निजगढ : मन्त्री किराती

मन्त्री किरातीले अहिले नै ४५ मिनेटसम्म आकाशमा विमान होल्ड गर्नुपर्ने अवस्था रहेकाले जति नै बनाए पनि परिणाम अबको समयअनुसार नदिने भएकाले यसको विकल्प निजगढ नै रहेको बताएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प अब निजगढ : मन्त्री किराती

काठमाडौं, पुस १३ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जति लगानी गरेपनि समय अनुसारको परिणाम नदिने बताएका छन्।

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले अहिले नै ४५ मिनेटसम्म आकाशमा विमान होल्ड गर्नुपर्ने अवस्था रहेकाले जति नै बनाए पनि परिणाम अबको समयअनुसार नदिने भएकाले यसको विकल्प निजगढ नै रहेको बताएका हुन्।

Hardik ivf

दुर्गम क्षेत्रका २२ वटा विमानस्थलहरु गौचरणको रुपमा परिणत भएको उनले बताए।

‘धेरै एयरपार्टहरु बनाएका छौ तर घाम तापेर बसिरहेका छन्। दुर्गम क्षेत्रका २२ वटा एयरपोर्टहरु गौचरणको रुपमा परिणत भएको छ। काठमाडौंको कुरा गर्दा अबको १० वर्षमा धेरै ठूलो असहजता हुनेछ। अहिले नै ४५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपर्ने अवस्था छ,’ उनले भने ‘अब जति नै बनाए पनि समयअनुसार परिणाम दिंदैन। ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनुजस्तै हो। त्यसैले अब विकल्प भनेको निजगढ नै हो।’

 

प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्