Kathmandu Press

‘बालकुमारी घटनामा गृहको अक्षमता फेरि उदांगियो, यो राज्यले गरेको हत्या हो’

‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्।
‘बालकुमारी घटनामा गृहको अक्षमता फेरि उदांगियो, यो राज्यले गरेको हत्या हो’

काठमाडौं, पुस १३ : बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि उदांगो बनाएको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका छन्।

कोरियन भाषा परीक्षामा अन्याय भएको भन्दै युवाहरुले गरेको आन्दोलन प्रहरीले दमन गर्दा २ जनाको मृत्यु भएपछि अध्यक्ष लामिछानेले सामाजिक सञ्जालफर्मात आजको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने बताए।

Hardik ivf

‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्।

घटनापछि सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उतिकै हतार गरेको भए आज यो घटना नै नहुने लामिछानेले लेखेका छन्।

गएको ज्यानको क्षतिपूर्ति कुनै हालत नहुने बताउँदै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहतको व्यवस्था मिलान माग गरेका छन्।

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्