Kathmandu Press

फागुन १ मा सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो।
फागुन १ मा सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, पुस १३ : फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने र सर्वाजनिक विदा दिने सरकारको निर्णय कार्वान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो।

Hardik ivf

द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो।

सर्वोच्चले शान्ति प्रकृयाका कार्यभार पूरा नहुदै गरिएको सार्वजनिक विदाले पीडितलाई थप पीडाबोध भएको व्याख्या गरेको छ।

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्