Kathmandu Press

परिणामुखी काम गर्न अग्रसर हुन सरकारलाई नेकपा एसकाे आग्रह

परिणामुखी काम गर्न अग्रसर हुन सरकारलाई नेकपा एसकाे आग्रह

काठमाडौं, पुस १३ : नेकपा एकीकृत समाजवादीले परिणामुखी काम गर्न अग्रसर हुन सरकारलाई आग्रह गरेको छ।

शुक्रबार ललितपुरमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले जनताको दैनिक जीवनको समस्यालाई समाधान गर्ने, सुरक्षाको प्रत्याभूति दिने लयागतको विषयमा धेरै काम हुन बाँकी देखिएकोले परिणामुखी काम गर्नको लागि अग्रसर हुन सरकारलाई आग्रह गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Hardik ivf

वर्तमान गठबन्धन सरकारले एक वर्षभित्र सरकारले केही राम्रा काम गर्ने प्रयास गरिरहेको बैठकको निष्कर्ष रहेको उनले बताए। त्यस्तै बैठकले मुलुकको गणतन्त्रात्मक व्यवस्थाप्रति प्रहार हुन थालेको भन्दै प्रहारको प्रतिवाद गर्न सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरिएको खतिवडाले जानकारी दिए।

त्यस्तै बैठकले सहकारी क्षेत्र संकटग्रस्त बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सहकारी क्षेत्रमा आर्थिक अनुशासन कायमका लागि सरकारले कानून निर्माण गरेर व्यवस्थीत गर्न पनि आग्रह गरेको छ भने मुख्यमन्त्रीहरुले संघीय सरकारसमक्ष राखेका मागहरुलाई संविधानको भावना अनुसार समाधान गर्न माग गरेको छ। तीनै तहको अधिकारलाई कार्यान्वयनका लािग ऐन बनाउन पनि सरकारसंग माग गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए।

१०औं राष्ट्रिय महाधिवेशनमा बनाउने विधानका सन्दर्भमा बैठकमा केन्द्रीय सदस्यहरुबाट सुझाव प्राप्त भएको र यसलाई व्यवस्थीत मस्यौदाको रुपमा केन्द्रीय परिषद् बैठकमा पेश गरिने प्रवक्ता खतिवडाले बताए। 

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्