Kathmandu Press

सहिद दिवस र रामनवमीमा बिदा दिने सरकारकाे निर्णय

सहिद दिवस र रामनवमीमा बिदा दिने सरकारकाे निर्णय

काठमाडौं, पुस १३ : सरकारले साविकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले साविकको बिदामा माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको जानकारी दिइन्।

Hardik ivf

बैठकले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ भने झुटा विवरण पेश गरि सिराहा प्रशासन कार्यालयबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्रहरु रद्द गरि नेपाली नागरिकबाट हटाउने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ। त्यस्तै नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा र नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

प्रवक्ता शर्माले बालकुमारी घटना निकै गलत भएको बताइन्। आफ्ना असन्तुष्टि, विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई रहेपनि त्यसको आफ्नै तरिका हुने भन्दै अराजकतालाई प्रश्रय दिने काम कसैले गर्न नहुने उहाले बताइन्। उनले घटनाको विवरण लिने काम भइरहेको जिकिर गरिन्। 

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्