बालकुमारी घटनाका विषयमा मन्त्री ज्वालाद्वारा दुःख व्यक्त

काठमाडौं, पुस १३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाका विषयमा दुःख व्यक्त गरेका छन्।
नेकपा एकीकृत समाजवादीको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ज्वालाले बालकुमारी क्षेत्रमा आफ्नो गाडीमा भएको आगजनी र मान्छेको ज्यान जानु र घाइतेसम्म भएको भन्दै दुःख व्यक्त गरेका हुन्।
उनले बालकुमारीमा भएको घटनाका सम्बन्धमा कुनै पूर्वजानकारी नरहेको र आफ्नो मन्त्रालयसँगको कुनै सरोकार समेत नरहेको जिकिर गरे। मन्त्री ज्वालाले सरोकार क्षेत्र नै नभएको निकायको गाडी जलाउनु खेदजनक कुरा भएको बताए।
घटनाका सम्बन्धमा आफू धेरै जानकार नरहेको र व्यक्तिगत रुपमा पनि कुनै सरोकार र सम्बन्धी केहि नरहेको उनको भनाइ छ।
प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












