Kathmandu Press

आरती साहले अझै न्याय नपाउनु लज्जास्पद : पूर्वमन्त्री खान 

काठमाडौंमा आयोजित आरती साहको न्यायबारे गरिएको एक अन्तरक्रिया कार्यक्रममा उनले घटना भएको १ सय ९७ दिन पुगिसक्दा पनि पीडित परिवारले न्याय नपाउनुले मानव अधिकारको दर्दनाक अवस्था दर्शाएको बताए। 
आरती साहले अझै न्याय नपाउनु लज्जास्पद : पूर्वमन्त्री खान 

काठमाडौं, पुस १३ : जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले आरती साहको रहस्यमय मृत्युबारे अझै सत्य तथ्य बाहिर नआउनु दुखद भएको बताएका छन्।

काठमाडौंमा आयोजित आरती साहको न्यायबारे गरिएको एक अन्तरक्रिया कार्यक्रममा उनले घटना भएको १ सय ९७ दिन पुगिसक्दा पनि पीडित परिवारले न्याय नपाउनुले मानव अधिकारको दर्दनाक अवस्था दर्शाएको बताए। 

Hardik ivf

‘यो घट्नाले स्पष्ट पारिरहेको छ।  १ सय ९७ दिन वितिसक्दा पनि न्याय नपाउनुले मधेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ। ’ उनले भने, ‘ कुनैपनि मानव अधिकारको विषयमा सरकार गम्भिर देखिएको छैन।’ पटक पटक सदनमा आरती साहको न्यायको माग गर्दापनि सरकार गम्भिर नभएको उनको भनाई छ। 

जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीको शव घरमै झुन्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो। उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको दाबी माइत पक्षको छ।
२२ वर्षीया आरतीको हत्या उनकै श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको आरोप आफन्तले लगाएका छन्। 

दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका–३ का मोतीबाबु साहसँग भएको थियो। अदालतको आदेश पछि साहका श्रीमान मोतीबाबु भने केहीदिनअघि पक्राउ परेका छन्।
 
प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्