Kathmandu Press

बालकुमारी प्रदर्शनमा २ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति

गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआईजी लालमणि आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको हाे।
बालकुमारी प्रदर्शनमा २ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति

काठमाडौं, पुस १२ : बालकुमारी प्रदर्शनमा भएकाे झडपमा २ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।

गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआईजी लालमणि आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको हाे। समितिमा डीआईजी आचार्यसँगै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल छन्।

Hardik ivf

बालकुमारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाएपछि भएकाे झडपमा वीरेन्द्र शाह र सुजन राउतकाे मृत्यु भएकाे थियाे। मन्त्रीको गाडी जलाएपछि उत्पन्न स्थिति नियन्त्रणमा लिने प्रहरीले बल प्रयाेग गर्दा झडप भएकाे थियाे। त्यसक्रममा प्रहरीले अश्रुग्याससँगै गोलीसमेत प्रहार गरेकाे थियो। 

रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत् कोरिया जान नपाउने तथा भाषा परीक्षामा सहभागी हुन नपाएको भन्दै युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्