Kathmandu Press

बालकुमारीमा भएको झडपमा गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु

उपचारका क्रममा मृत्यु हुने ती युवक वीरेन्द्र शाह रहेको प्रहरीले जनाएको छ।
बालकुमारीमा भएको झडपमा गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु

काठमाडौं, पुस १३ : बालकुमारीमा भएको प्रदर्शनका क्रममा भएकाे झडपमा गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु भएकाे छ।

कोरिया जान रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि गरिएको प्रदर्शनका क्रममा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको हो।

Hardik ivf

उनको पाटन अस्पतालमा मृत्यु भएको हो। उपचारका क्रममा मृत्यु हुने ती युवक वीरेन्द्र शाह रहेको प्रहरीले जनाएको छ।

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो। राउतको गोली लागेर मृत्यु भएको प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको नदेखिएको बताइएको छ। छातीमा भने दाग भेटिएको छ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए।

विभिन्न माग राख्दै केहिदिन यता इपिएस कार्यालयमा युवाहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो। 

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्