Kathmandu Press

सन्दीपको मुद्दामा सीसीटीभी फुटेज हेरेर फैसला सुनाइने

सरकारी वकीलको वहश अघि इजलासले घटना भएको भनिएको दिनको सीसीटीभी फुटेज हेर्ने भएको छ। जबरजस्ती करणी हो या सहमतीमा हो भनेर प्रमाण केलाउन सीसीटीभी फुटेज हेर्न थालिएको हो।
सन्दीपको मुद्दामा सीसीटीभी फुटेज हेरेर फैसला सुनाइने
Hardik ivf

काठमाडौं, पुस १३ : क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणी मुद्दामा प्रतिबादीका कानुन व्यवसायीको बहस सकिएको छ। सरकारी वकील तर्फको जवाफी बहस सकेर फैसला सुनाउने तयारी अदालतको छ। 

सरकारी वकीलको वहश अघि इजलासले घटना भएको भनिएको दिनको सीसीटीभी फुटेज हेर्ने भएको छ। जबरजस्ती करणी हो या सहमतीमा हो भनेर प्रमाण केलाउन सीसीटीभी फुटेज हेर्न थालिएको हो।

काठमाडौं अदालतका न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनुअघि उक्त निर्णय लिएका हुन्। गत आइतबारदेखि उक्त मुद्दामा निरन्तर सुनुवाइ चलिरहेको छ। लामिछानेले पीडित भनिएकी ‘गौशाला’ लाई ललाईफकाई गर्दै एक होटलमा बलात्कार गरेको अभियोग दाबी छ।
 
प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्