Kathmandu Press

गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश

गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश
Hardik ivf

काठमाडौं, पुस १३ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतले कामकारबाही रोक्न तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै बिहीबार रिट दायर भएको थियो। मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गभर्नर अधकारीका नाममा कारण देखाउ आदेश जारी भएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिए पनि अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गर्दै रिट दायर भएको थियो। सर्वोच्चबाट अन्तरिम आदेश जारी नभएपछि अब अधिकारीलाई खुलेर काम गर्न सहज भएको छ। 
 

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्