सातै प्रदेशका मुख्यमन्त्रीले भोली प्रधानमन्त्रीलाई भेट्ने
-1702215072.jpg)
काठमाडौं, पुस १३ : प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार भएको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले शनिबार प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय लिएको छ। शनिबार बिहान ८ बजे प्रधानमन्त्रीसँग भेटघाटका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार बेलुकासम्म काठमाडौँ आइपुग्ने जनाइएको छ।
केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू विहीबार हेटौँडामा भेला भएका थिए। मुख्यमन्त्रीहरुले कानुन अभावमा कर्मचारी, प्रहरी, शिक्षालगायतका क्षेत्रका काम प्रभावित भएको गुनासो गर्दै आएका छन्।
प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












