Kathmandu Press

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेका एक आन्दोलनकारीको मृत्यु

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेका एक आन्दोलनकारीको मृत्यु

काठमाडौं, पुस १३ : रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हानेकाे गाेली लागेका एकजनाकाे मृत्यु भएकाे छ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको हाे।  प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भएको किस्ट अस्पतालले पुष्टि गरेकाे छ।

Hardik ivf

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन्।  राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। किस्ट अस्पताल स्रोतका अनुसार भने राउतको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो।  

अर्का एक जना गम्भीर घाइते छन्। उनकाे पाटन अस्पतालमा उपचार भइरहेकाे छ। उनकाे अवस्था गम्भीर रहेकाे बताइउकाे छ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए।

विभिन्न माग राख्दै केहिदिन यता इपिएस कार्यालयमा युवाहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो। 

 

 

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्