Kathmandu Press

इपिएसविरूद्ध प्रदर्शनमा उत्रिएकालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार, पाँचजना पक्राउ

ललितपुरको बालकुमारी क्षेत्र अहिले तनावग्रस्त छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको सवारीसाधनमा आगजानी समेत गरेका छन्।
इपिएसविरूद्ध प्रदर्शनमा उत्रिएकालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार, पाँचजना पक्राउ
Hardik ivf

काठमाडौं, पुस १३ : कोरिया जानका लागि इपीएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा तनावग्रस्त उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

ललितपुरको बालकुमारी क्षेत्र अहिले तनावग्रस्त छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको सवारीसाधनमा आगजानी समेत गरेका छन्। प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हानेका हुन्। अहिले ठूलो संख्यामा बालकुमारी क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

यसैबीच गाडीमा आगजनी गर्ने ५ जना पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ। घटनास्थलमा काठमाडौंबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्