Kathmandu Press

मन्त्री ज्वालाकाे गाडीमा आगजनी

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगाे लगाइएको हो।
मन्त्री ज्वालाकाे गाडीमा आगजनी

काठमाडौं, पुस १३ : रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका छन्।

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगाे लगाइएको हो।

Hardik ivf

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। मन्त्री ज्वाला र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए।

अहिले प्रहरी टोली घटानास्थल पुगेको छ। प्रदर्शनकारीले सडक पनि अवरुद्ध पार्दै आगो लगाएका हुन्। अहिले बालकुमारी क्षेत्रमा तनाव उत्पन्न भएको छ। 

‘इपिएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनि गरेका छन्। प्रहरी टोली पनि त्यहाँ पुगेको छ। थप विवरण आउन बाँकी छ,’ उनले भने। अहिले कोटेश्वर-बालकुमारी क्षेत्र तनावग्रस्त छ।
 

प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्