Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा युवालाई ४० प्रतिशत आरक्षण

राजनीतिमा युवालाई आकर्षित गर्न र पार्टी संगठनलाई मजबुद बनाउन एकीकृत समाजवादीले विधानमा तोकेरै पार्टी संगठनमा ४० प्रतिशत युवाहरूलाई सामेल गराउने व्यवस्था गर्न लागेको हो।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा युवालाई ४० प्रतिशत आरक्षण

काठमाडौं, पुस १३ : नेकपा एकीकृत समाजवादीले पार्टीमा युवाहरूका लागि ४० प्रतिशत अनिवार्य सहभागिताको व्यवस्था गर्ने भएको छ।

राजनीतिमा युवालाई आकर्षित गर्न र पार्टी संगठनलाई मजबुद बनाउन एकीकृत समाजवादीले विधानमा तोकेरै पार्टी संगठनमा ४० प्रतिशत युवाहरूलाई सामेल गराउने व्यवस्था गर्न लागेको हो।

Hardik ivf

विधानका व्यवस्थामाथि छलफल गर्न बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले पार्टीमा युवाहरूलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् भने प्रस्तावित विधानको पार्टीमा ४० प्रतिशत युवालाई सामेल गराउने व्यवस्थामा समर्थन गरेका छन्।

तेश्रो दिन शुक्रबार पनि केन्द्रीय कमिटी बैठक बस्दैछ । विहान ११ बजेबाट बस्ने बैठकमा विधानका मुलतः चार वटा विषयहरूमा छलफल हुने एक नेताले जानकारी दिए। ती नेताका अनुसार संगठन संरचना, महाधिवेशनका प्रतिनिधि, समावेशिता र युवा सहभागिताका विषयमा विधानका व्यवस्थाहरूबारे बैठकमा छलफल भइरहेको छ।

बुधबारको बैठकमा करिब २० जना नेताहरूले धारणा राखेकोमा बिहीबार करिब ८० जना नेताहरूले धारणा राखेका थिए। बाँकी नेताहरूले शुक्रबार धारणा राखेपछि बैठक सम्पन्न गर्ने तयारी छ।

प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्