Kathmandu Press

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनमा उमेदवार चयन गर्ने   

बुधबारबाट सुरु भएको बैठक आज पनि बस्दै छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उमेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक आज सकिनेछ । 
नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनमा उमेदवार चयन गर्ने   

काठमाडौं, पुस १३ : नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बुधबारबाट सुरु भएको बैठक आज पनि बस्दै छ । 

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उमेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक आज सकिनेछ । 

Hardik ivf

दुईदिनदेखि जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने, ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरे हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।  

बैठकमा ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी १५० सदस्यीय हुनुपर्ने, क्रियाशीलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव आएको छ ।  
 

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्