Kathmandu Press

प्रधानमन्त्री कार्यालयकाे ६८ दरबन्दी कटौती गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री कार्यालयकाे ६८ दरबन्दी कटौती गर्ने निर्णय

काठमाडौं, पुस ८ : सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

Hardik ivf

उक्त दरबन्दीमा रहेकालाई कामकाजका लागि अन्य निकायमा पठाउने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयबाटै पुनर्संरचनाबाट सुरु भनेअनुरुपको निर्णय गरिएको उनले बताइन्।

त्यस्तै बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य  प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सिटिईभिटीको रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्