राष्ट्रिय सभा सदस्यमा अवसर नपाएकालाई उम्मेदवार बनाउन माग
बैठकमा स्वास्थ्य मन्त्रीले आफूले गरेका कामकारबाहीबारे जानकारी समेत गराएको जनाइएको छ।
काठमाडौं, पुस १२ : नेपाली कांग्रेसको जारी वैठकमा केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अवसर नपाएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने आवाज उठाएका छन्।
बिहीबार अपरान्ह सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले अवसर नपाएकाहरुलाई न्याय दिनुपर्ने बताएका हुन्। केन्द्रीय सदस्यहरुले कसैलाई दोहोर्याउने र कसैले कहिल्यै अवसर नपाउने परिपाटीको अन्त्य हुनुपर्ने माग गरेका हुन्।
बैठकमा स्वास्थ्य मन्त्रीले आफूले गरेका कामकारबाहीबारे जानकारी समेत गराएको जनाइएको छ।
प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












