Kathmandu Press

सानेपामा कांग्रेसको बैठक सुरु

जारी बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्ने तयारीमा छन्। कांग्रेस बैठकमा सरकारको एक वर्षको समीक्षा समेत हुने जनाइएको छ।
सानेपामा कांग्रेसको बैठक सुरु
फाइल तस्बिर

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ।

जारी बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्ने तयारीमा छन्। कांग्रेस बैठकमा सरकारको एक वर्षको समीक्षा समेत हुने जनाइएको छ।

Hardik ivf

पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने छ। यस्तै, राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विधि र प्रक्रियाका बिषयमा पनि छलफल हुने वैठकको एजेण्डा छ।

राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने तयारी छ। 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्