Kathmandu Press

संसदीय समितिले माग्याे पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धि प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो।
संसदीय समितिले माग्याे पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात

काठमाडौं, पुस १२ : संसदीय समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात माग गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धि प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो।

Hardik ivf

त्यस्तै बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र यकिन गरि हावसाविक गरि कोषको नाममा लालपूर्जा लिने निर्णय गर्न पनि कोषलाई निर्देशन दिएको छ।

त्यस्तै गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटेलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए। बैठकले पशुपतिको गुरुयोजनालाई समितिमा उपलव्ध गराउन पनि निर्देशन दिएको उनले बताए।

त्यस्तै बैठकले पशुपति क्षेत्रमा सञ्चालनमा रहेको विद्युतीय शव दाहगृहको संख्या थप गर्न निर्देशन दिएको छ । बैठकमा सांसदहरुले कार्यकारी निर्देशक नियुक्तिका बिषयमा प्रश्न उठाउदै समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए। 

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्