Kathmandu Press

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं, पुस १२ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० ले गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिए पनि योग्यता नपुग्ने दाबी रिटमा गरिएको छ। नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले रिट दिएका हुन्। गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको दाबी रिट निवेदकको छ। ऐन वमोजिमको स्नातकोत्तर वा सो सरहको योग्यता नभएको प्रश्न रिटमा उठाइएको छ। 

Hardik ivf

मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै रिट दर्ता भएको हो। गभर्नर अधिकारीले स्नातकोत्तर उपाधि कुन कलेजबाट लिएको हो भनेर यस्को जानकारी बायोडाटामा उल्लेख नभएको भन्दै स्नातकोत्तरको योग्यतामाथि प्रश्न उठाइएको हो। अधिकारी २०७६ साल चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए।

अधिकारीलाई नियुक्त गर्ने सरकारको उक्त निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी न्यूनतम योग्यता समेत नपुगेकाले अधिकारपृच्छाको आदेश जारी गर्न सर्वोच्चसँग माग गरिएको छ। अयोग्य व्यक्तिलाई गरिएको नियुक्त बदर गरी तत्काल कामकारबाही गर्नबाट रोक्न अन्तरिम आदेशको समेत माग गरिएको छ। 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्