Kathmandu Press

उपरथी थापा रथीमा बढुवाका लागि सिफारिस 

नेपाली सेनाको बढुवा सिफारिस समितिले थापालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
उपरथी थापा रथीमा बढुवाका लागि सिफारिस 

काठमाडौं, पुस १२ : नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई रथीमा बढुवाका लागि सिफारिस गरिएको छ। 

नेपाली सेनाको बढुवा सिफारिस समितिले थापालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। उनलाई बढुवाको सिफारिससँगै ७ दिने सूचना पनि जारी गरिएको छ।

Hardik ivf

सूचनामा थापाविरुद्ध कुनै दाबी विरोध वा उजुरी भए बढुवा समितिमा ७ दिन भित्रमा दिन भनिएको छ। सेनाका रथी सिताराम खड्का अनिवार्य अवकासमा गएपछि रिक्त पदमा थापा बढुवा हुन लागेका हुन्।

थापा हाल राष्ट्रसंघीय शान्ति मिसन सिरियामा फोर्स कमाण्डरको रुपमा कार्यरत छन्।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्