Kathmandu Press

उच्च अदालतका न्यायाधीश थपलियालाई १५ दिने स्पष्टीकरण पत्र 

न्यायाधीश थपलियामाथि छानविनकाक्रममा १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो। परिषद स्रोतले दिएको जानकारी अनुसार थपलियालाई विहीबार स्पष्टीकरण पत्र पठाइएको छ।
उच्च अदालतका न्यायाधीश थपलियालाई १५ दिने स्पष्टीकरण पत्र 

काठमाडौं, पुस १२ : न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नवराज थपलियालाई स्पष्टीकरण सोधेको छ।

न्यायाधीश थपलियामाथि छानविनकाक्रममा १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो। परिषद स्रोतले दिएको जानकारी अनुसार थपलियालाई विहीबार स्पष्टीकरण पत्र पठाइएको छ।

Hardik ivf

उक्त अवधिभित्र स्पष्टीकरण नदिए कानुनअनुसार हुने भनिएको छ  विचाराधीन मुद्दाका झगडियासँग ‘सेटिङ’ गरेको उजुरीका आधारमा न्याय परिषदले थपलियामाथि गरेको जाँजबुझपछि स्पष्टीकरण सोधिएको हो। परिषदले उनीमाथि छानविनका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो। 

सोही प्रतिवेदनका आधारमा परिषदले थपलियालाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। उनलाई न्याय परिषद्मा झिकाइएको छ। सफाइ पेस गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएको हो। स्पष्टीकरण पत्रमा ‘न्याय परिषद् ऐनबमोजिम तपाईँलाई किन कारबाही नगर्ने ?’ भनिएको छ। 

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्