Kathmandu Press

सातै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा खटाइयो

सातै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा खटाइयो

काठमाडौं, पुस १२ : निर्वाचन आयोगले सबै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ। 

आयोगले सातैवटा प्रदेशको राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

Hardik ivf

आयोगका अनुसार कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुर जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका छन्। 

निर्वाचन अधिकृतको नियुक्ति पुस १६ गतेदेखि लागू हुने छ। सोही दिनदेखि नै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ।
 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्