Kathmandu Press

प्रदेश सभामा सञ्चार विधेयक पेश गर्ने तयारी

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताए।
प्रदेश सभामा सञ्चार विधेयक पेश गर्ने तयारी

मोरङ, पुस १२ : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ ।

त्यसका लागि प्रदेश मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

Hardik ivf

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताए।

मुख्यमन्त्री केदार कार्कीले हृदय रोग उपचार केन्द्र तत्काल सञ्चालनका लागि कार्यविधि बनाएर काम अघि बढाएको बताए।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताए।

यस्तै, प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदनप्रदेश सभामा पेश गर्ने निर्णय गरेको उनले जानकारी दिए।

प्रकाशित मिति: ११:१७ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्