Kathmandu Press

सन्दीपको मुद्दामा आजै फैसला आउन सक्ने

बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए । आज सन्दीप पक्षका वकिलहरु बहस गर्नेछन् । 
सन्दीपको मुद्दामा आजै फैसला आउन सक्ने

काठमाडौं, पुस १२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि बहस जारी रहने छ । 

बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए । आज सन्दीप पक्षका वकिलहरु बहस गर्नेछन् । 

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादी तर्फका एक कानुन व्यवसायीले बताए ।  यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसलाहुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, पुस १२, २०८०