गठबन्धको सरकारले सोचेअनुरुप सफलता हात पार्न सकेन : मीन विश्वकर्मा

काठमाडाैं, पुस ११ : नेपाली कांग्रेसका सूचना तथा प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धको सरकारले सोचे अनूरुप सफलता हात पार्न नसकेको बताएका छन्।
रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रमा नेता बिश्वकर्माले बिगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोच अनुरुप काम गर्न नसकेको बताएका हुन्।
लुम्बिनीमा बनेका उधोग मन्त्रीका विषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदा सम्म कसैले केहि नभन्ने र कुनै कम्जोरी, उजुरी नपरेको भएता पनि हाल जनताले अनुमोदन गरेर पठएका प्रदेश सभासदस्यमाथि मन्त्री बन्नसाथ अनावश्यक आरोप नलगाई तथ्य आरोपका आधार भए कारवाहीको भागी हुने बताए। उनले तथ्य आधार नभएको अवस्थामा आनबश्यक मिडियाबाजि गरी चरीत्र हत्या गर्न नहुने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे पूर्ण पाठले मन्त्री फेरबदल गरेर भय पनि आफ्नो कार्यकाल सफल बनाउछु भन्नू सकारात्मक सन्देश रहेको र सोचे अनुरूप काम हुन नसकेको आफैले बताएको बेला धेरै टिकाटिप्पणी गर्नु नहुने उनले बताए।












