Kathmandu Press

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्यको उम्मेदवारीमा कागजातको निर्क्याेल

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्यको उम्मेदवारीमा कागजातको निर्क्याेल

काठमाडौं, पुस ११ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहिने कागजातको निर्क्याेल गरेको छ। 

आयोगको बुधबार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १८ वटा कागजात पेश गर्नुपर्ने टुंगो लगाएको हो। उम्मेदवारी मनोनयन पत्र दर्ता राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिमका कागजात अनिबार्य गरिएको छ।

Hardik ivf

मनोनयत दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३  बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिबार्य गरिएको छ। 

यस्तै, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६३ बमोजिम १० हजार रुपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेश गर्नुपर्ने छ। महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा  धरौटी रकममा ५० प्रतिशत छुट हुने भनिएको छ।

आर्थिक रुपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनु पर्नेछ। आयोगले यही पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तोकेको  छ।
 

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्