Kathmandu Press

वामपन्थी शक्तिहरूलाई कमजोर पारेर चीनविरुद्ध उभ्याउन खोजिँदैछ : नेता खनाल 

वामपन्थी शक्तिहरूलाई कमजोर पारेर चीनविरुद्ध उभ्याउन खोजिँदैछ : नेता खनाल 

काठमाडौं, पुस ११ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालले अहिले कम्युनिष्ट पार्टीहरूलाई विभाजित गरेर मिल्नै नदिने गरी चीनविरुद्ध उभ्याउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै खनालले अहिले देशका वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने कार्य भैरहेको बताए।
 
उनले भने, ‘वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने अनि दक्षिणपन्थी शक्तिलाई बलशाली र सुदृढ गर्न चाहनेहरु आउने निर्वाचनमा कार्यनीतिकरूपले त्यो शक्तिलाई बहुमत ल्याएर विजयी गराउन चाहन्छन्। त्यसैले दक्षिणपन्थी शक्तिलाई पोषण गर्ने काम धेरै अगाडिदेखि भइरहेको छ।’

खनालले थपे ‘अहिले हामी जटिल परिस्थितिका बीचबाट जाँदैछौं। यो सबै कुराको उद्देश्य भनेको नेपाललाई आफ्नो नियन्त्रणमा लिएर सम्भव भएसम्म समाजवादी चीनका विरुद्ध उभ्याउन चाहन्छन्। त्यसैले हामीले पार्टी निर्माण गर्ने, जनतालाई सचेत बनाई सही नेतृत्व दिने काममा भूमिका निर्वाह गर्नु आवश्यक छ।’

Hardik ivf

नेकपा एसले पार्टीको विधान संशोधनका लागि तीन दिने केन्द्रीय कमिटीको बैठक राखेको छ। जारी बैठकमा बोल्दै खनालले महाधिवेशनबाट धेरैलाई पार्टीमा ल्याउन नसके आगामी निर्वाचनमा गाह्रो पर्ने धारणा राखे। 

खनालले भने, ‘हामी धेरै मान्छेलाई रुपान्तर र गोलबद्ध गरी फराकिलो छाती बनाएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने दिशातिर लागेनौं भने ०८४ को चुनावमा बामपन्थीहरुलाई एक्लै पारेर धुल्याउने योजना छ। यो बुझिराख्नुहोला। अहिल्यैदेखि हामीले तयारी गर्न सक्नुपर्छ। कुनबाट एकता तयारी हुन्छ, त्यो तयारी गर्न सकेनांै भने गाह्रो छ। एउटा गीत छनि ‘गाह्रो छ है गाह्रो छ’ भन्ने त्यस्तै गाह्रो छ।’

खनालले नेकपा एसको महाधिवेशनका लागि नेतृत्व चयनको विषय नेताहरुको सहमतिबाटै गरिने उल्लेख गर्दै संसारको सबभन्दा सर्वोत्तम लोकतन्त्रको पक्षधर पार्टी नेकपा एस नै हो भनेर स्थापित गर्नुपर्ने बताए। ‘नेकपा एस पूँजीवादी लोकतन्त्रको मात्र होइन,यो समाजवादी लोकतन्त्रका लागि लड्ने पार्टी हो र संसारको सबभन्दा सर्वोत्तम लोकतन्त्रको पक्षधर पार्टी हो भनेर हामीले स्थापित गर्नुपर्ने छ,’ खनालले भने।

जारी बैठकबाटै विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेरै एसले केन्द्रीय ममिटीको बैठकबाट सुझाव संकलन गर्ने भएको छ।

महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय परिषद् कस्तो बनाउने, केन्द्रीय संगठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय समिति कति सदस्यीय बनाउने, पालिका, जिल्ला, प्रदेश, केन्द्रका कमिटीहरुमा कति जना राख्ने, कमिटीमा कति तहको संरचना बनाउनेलगायतको ११ प्रश्न तयार पारेको छ। 

विधान संशोधनका लागि नेकपा एसले आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ। बैठक शुक्रबारसम्म चल्ने छ।

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्