‘टेरामक्स’ खरिदबारे अनुसन्धान गर्न लेखा समितिद्वारा अख्तियारलाई निर्देशन
बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग गरेको छलफलपछि लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे अख्तियारलाई उक्त निर्देसन दिएको हाे।
काठमाडौं, पुस ११ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग गरेको छलफलपछि लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे अख्तियारलाई उक्त निर्देसन दिएको हाे। उक्त प्रकरणमा लेखा समितिका सभापति ऋषीकेश पोखरेलसहितका सदस्यहरुले नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीसँग लामो छलफल गरेका थिए।
लोखा समितिले टेरामक्स प्रणालीको छानविन प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन समेत भनेको छ। यसैगरी समितिले खरिद प्रक्रियामा प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न समेत निर्देशन दिएको छ। समितिले टेरामक्स प्रणाली खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न समेत भनेको छ। यस्तै, अधिकारको दुरुपयोग भएको देखिएमा सम्बन्धितलाई कानुन बमोजिम कारबाही गर्न समेत लेखा समितिले भनेको छ।












