२००६ सालमा खुलेकाे नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी एकीकृत समाजवादी हाे : अध्यक्ष नेपाल
ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले त्यस्ताे बताएका हुन्। नेपाल कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफ्नाे पार्टीले १०औं महाधिवेशन गर्न लागेको उनले बताए।
काठमाडौं, पुस ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २००६ सालमा खुलेकाे नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको बताएका छन्।
ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले त्यस्ताे बताएका हुन्। नेपाल कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफ्नाे पार्टीले १०औं महाधिवेशन गर्न लागेको उनले बताए।
‘हामी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १० औं महाधिवेशन किन भनिरहेका छौं भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौं,' उनले भने, 'विभिन्न बेलामा यस्ता समय आएका छन् जतिबेला हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको छ।'
एमालेबाट विभाजित नयाँ पार्टी भए पनि उत्तराधिकारी आफ्नै पार्टी भएको जिकिर गर्दै उनले १०औं महाधिवेशन गर्न लागेको बताए पनि महाधिवेशन भने पहिलो हो। पूर्वपार्टी एमालेले १०औं महाधिवेशन गरिसकेको छ।