चूडामणि शर्माको सफाइ उल्ट्याउन अख्तियार सर्वोच्चमा
विशेष अदालतले गत जेठ १८ गते सफाई पाउने फैसला गरेको थियो।
काठमाडौं, पुस ११ : गैरकानुनी सम्पत्ति आर्जन (अकुत) मुद्दामा विशेष अदालतबाट सफाइ पाएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको फैसला उल्ट्याउन माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको गरेको छ।
विशेष अदालतले गत जेठ १८ गते सफाई पाउने फैसला गरेको थियो। उक्त फैसलामा तथ्य प्रमाणको ठोस मूल्याङ्कन नगरिएको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोग सर्वोच्च अदालत पुगेको हो। गत जेठ १८ गते पवशेष अदालतबाट भएको फैसलामा आयोगको अभियोगपत्रमा दाबी नपुग्ने भनिएको थियो।
उक्त फैसला चित्तबुझ्दो नभएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो। शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको दाबी अख्तियारको। आयोगले उक्त रकम गैर कानुनी रुपमा शर्माले आर्जन गरेको दाबी लिएको छ।
प्रकाशित मिति: १४:१९ बजे, बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












