Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने

काठमाडौं, पुस ११ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तय भएको छ। 

बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक तय भएको हो। बैठकमा समसामयिक राजनीतिक बिषयमा छलफल हुने बताइएको छ। विशेषगरी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको जनाइएको छ।

Hardik ivf

बैठकमा मन्त्रीहरूले पनि आफूले गरेका कामबारे पार्टीलाई जानकारी गराउने भएका छन्। यस अतिरिक्त आगामी फागुन ७ देखि शुरु हुने महासमिति बैठकको तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि छलफल हुने जनाइएको छ। 

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको तयारीबारे पनि वैठकमा व्यापक छलफल गरिने भएको छ। राष्ट्रिय सभा अध्यक्षसमेत लिने गरी चुनावी तालमेल गर्ने गृहकार्य कांग्रेसले गरेको छ।

बिहीबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका एजेन्डाबारे विहीबार विहान सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच धुम्बाराहीमा छलफल समेत भएको थियो। 
 

प्रकाशित मिति: १४:१० बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्